
काठमाडौं । जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत प्रहरी जवान करिश्मा सुनारको मृत्यु प्रकरणमा एक प्रहरी जवान पक्राउ परेका छन् । बाँकेको वैद्यनाथ गाउँपालिका वडा नम्बर–२ घर भई हुम्लामा कार्यरत प्रहरी जवान २७ वर्षीय पुष्कर थापा मगरलाई प्रहरीले प्रकाउ गरेको हो ।
थापामगरलाई पक्राउ गरेर आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धान भइरहेको सिराहाका एसपी रमेश पण्डितले बताए । ३१ जेठमा करिश्मा जिल्ला प्रहरी कार्यालय सिराहाको महिला सेल स्थित बाथरुमको सावरमा झुन्डिएको अवस्थामा मृत भेटिएका थिए ।
करिश्माको मोबाइल सहितका विद्युतीय उपकरण चेकजाँच गर्दा पुष्करले दुरुत्साहन गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको प्रहरीले जनाएको छ ।












