काठमाडौं । आदर मल्टी इन्भेष्टमेण्ट कम्पनीको आइपिओको बिक्री प्रबन्धकको जिम्मा मुक्तिनाथ क्यापिटलले पाएको छ। आज एक कार्यक्रमबीच आदर मल्टी इन्भेष्टमेण्टले र मुक्तिनाथ क्यापिटललाई आइपिओको बिक्री प्रबन्धकको जिम्मा दिने सम्झौता भएको हो ।

सम्झौता पत्रमा आदर मल्टीको तर्फबाट अध्यक्ष यज्ञमूर्ति न्यौपाने र मुक्तिनाथको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् ।
कम्पनीका अनुसार कम्पनीको जारी पुँजी १ अर्ब ७८ करोड ५८ लाख रुपैयाँको ३० प्रतिशतले हुन आउने ५३ करोड ५७ लाख ४० हजार रुपैयाँको सेयर पुँजीबराबरको एक सय रुपैयाँ अंकित दरको ५३ लाख ५७ हजार ४ सय कित्ता साधारण सेयर सर्वसाधारणहरुलाई बिक्री गर्ने छ ।














