काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर र अल् जजिरा एक्सचेन्जबीच रेमिट्यान्स कारोबार शुरू भएको छ । यसबाट युएईमा रहेका नेपालीहरूले अल् जजिरा एक्सचेन्जको सेवा प्रयोग गरी सिटी एक्सप्रेस मार्फत सजिलै नेपालमा पैसा पठाउन सक्ने छन् ।
नेपालमा सिटी एक्सप्रेससँंग आबद्ध २५ हजारभन्दा बढी एजेन्टहरूबाट सजिलै भुक्तान लिन सकिने र नेपालको जुनसुकै बैंकको खातामा पनि रकम जम्मा अथवा मोबाईल वालेटमा लोड गर्न सकिने सिटी एक्सप्रेसले जनाएको छ ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १७ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।
हालै सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानको सेवा र रेमिट्यान्स भुक्तान शुचारू गरेको छ । अल् जजिरा एक्सचेन्जबाट पठाएको रकम सिटी पे वालेट मार्फत प्रोमो कोड सीआइटीवाइ१०० प्रयोग गरी भुक्तानी लिदा एक सय रुपैयाँसम्म सम्म बोनस पाउन सकिने एक्सप्रेसले जनाएको छ ।














