Logo
Logo

युरोकप-२०२४ : स्पेनसँग डिफेन्डिङ च्याम्पियन इटाली पराजित


567
Shares

काठमाडौं । युरोकप–२०२४ को समूह चरणमा डिफेन्डिङ च्याम्पियन इटाली स्पेनसँग पराजित भएको छ । गएराति भएको खेलमा स्पेनसँग इटाली १–० गोल अन्तरले पराजित भएको हो ।

प्रतिस्पर्धात्मक खेलमा स्पेनले जित निकाल्न उपहार गोलको सहायता लिनु परेको थियो । ५५ औँ मिनेटमा स्पेनका निको विलियम्सले प्रहार गरेको बल इटालीका निकार्डो कालाफोरिलाई लागेर पोस्टमा पुगेपछि स्पेनले उपहार गोल पाएको थियो ।

सोही गोललाई अन्तिमसम्म कायम राख्दै स्पेनले लगातार दोस्रो जितका साथ आफूलाई युरोकपको अन्तिम १६ मा पुर्याएको छ ।
समूह बीमा स्पेनले २ खेलबाट ६ अङ्क बनाउँदा इटालीले समान खेलबाट ३ अंकमात्रै बनाएको छ । यसैगरी अल्बानिया र क्रोएसियाको समान एक–एक अङ्क रहेको छ ।

युरोकपमा आज समूह डीका पोल्यान्ड र अस्ट्रिया तथा नेदरल्याण्ड्स र फ्रान्स खेल्दा समूह ईको स्लोभाकिया र क्यानडा आमने सामने हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्