Logo
Logo

दोश्रो खुल्ला महिला हाफ म्याराथनको उपाधी राजपुरा पछाईलाई


1.1k
Shares

काठमाडौं । दोश्रो खुल्ला महिला हाफ म्याराथन प्रतियोगिता २०८१’ को उपाधी नेपाल पुलिस क्लवकी राजपुरा पछाईले हात पारेकी छन् । उनले निर्धारित २१.०९८ किमीको दुरी १ घण्टा १९ मिनेटमा पुरा गरी प्रथम भएकी हुन् ।

प्रतियोगितामा प्रथम हुने पछाईले १ लाख रुपैयाँ पाउने छिन् । त्यस्तै दोश्रो हुने नेपाल पुलिस क्लवकी राममाया बुढाले १ घण्टा २३ मिनेट १० सेकेण्डमा निर्धारित दुरी पार गरी ७५ हजार रुपैयाँ तथा तेस्रो हुने नेपाल एपीएफ क्लवकी पुष्पा भण्डारीले १ घण्टा २५ मिनेट ४५ सेकेण्डमा पार गरी ५० हजार रुपैयाँ जितेकी छन् ।

उपाधी हासिल गर्ने धावकहरुलाई यही असार १७ गते सोमबार सशस्त्र प्रहरी परिवार महिला संघको २३औं वार्षिकोत्सवमा पुरस्कार तथा प्रमाणपत्र वितरण गरिने कार्यक्रम रहेको छ । त्यस्तै चौथौं देखि दशौं स्थान हासिल गरेका धावकहरुलाई शनिबारै पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतियोगितमा त्रिभुवन आर्मी क्लव, नेपाल पुलीस क्लव, नेपाल एपीएफ क्लव लगायत सशस्त्र प्रहरी बल नेपालका बाहिनी मुख्यालयहरु तथा देशैभरका महिला धावकहरुको सहभागिता रहेको थियो ।

त्यसैगरी शनिबारै सम्पन्न ‘प्रथम आन्तरिक महिला १० किमी दौड प्रतियोगिता–२०८०’मा सशस्त्र प्रहरी जवान दिपा परियार प्रथम, सशस्त्र प्रहरी जवान लिला राई दोश्रो र सशस्त्र प्रहरी जवान रिना माझी तेस्रो भएका छन् ।

प्रतिक्रिया दिनुहोस्