Logo
Logo

बराहपोखरी गाउँपालिकाको बेजुरु ३ करोड


17.6k
Shares

खोटाङ । खोटाङको बराहपोखरी गाउँपालिकामा गतवर्ष २०७९/०८० मा ३ करोड बेजुरु भएको छ ।

महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको लेखापरीक्षण प्रतिवेदनअनुसार बराहपोखरी गाउँपालिकामा ३ करोड ५१ हजार रुपैयाँ बेरुजु भएको ले जनाएको छ । ८३ करोड ९ लाख ५६ हजारको लेखा परीक्षणमा बाराहापोखरीमा ३.६२ प्रतिशत बेरुजु देखिएको छ ।

त्यहाँ जिम्मेवारी सरेर आएको अघिल्लो वर्षको ५ करोड ९६ लाख ६१ हजारसहित ४० करोड ३८ लाख ७४ हजार आम्दानी र ४२ करोड ७० लाख ८२ हजार खर्च भएको प्रतिबेदनले देखाएको छ ।

बराहपोखरीमा अहिले शालिकराम बन्जारा अध्यक्ष र भुवलराज राई उपाध्यक्ष छन् । बन्जाराको यो दोस्रो कार्यकाल हो। उनले अघिल्लो कार्यकालमा पनि कुनै विकास गर्न नसकेको स्थानीयको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्