Logo
Logo

डिआईजी पोखरेल एआईजीमा बढुवा सिफारिस


378
Shares

काठमाडौं । नेपाल प्रहरीका डीआईजी पोषराज पोखरेल अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस भएका छन् । सोमबार बिहान बसेको बढुवा समितिको बैठकले पोखरेलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।

पोखरेल प्रहरी प्रधान कार्यालय महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालय नक्सालमा दरबन्दी रही उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत छन् । एआईजी उमेशराज जोशी असार १९ बाट अवकाशमा जाँदैछन् । गृह मन्त्रालयले उनको स्थानमा पोखरेलाई बढुवा सिफारिस गरेको हो ।

प्रतिक्रिया दिनुहोस्