Logo
Logo

एनआईसी बैंक बन्यो पीसीएएफओको सदस्य


189
Shares

काठमाडौं । एनआईसी एसिया बैंक कार्बन एकाउन्टिङ फाइनान्सियल्स (पीसीएएफओ)को सदस्य बनेको छ । एनआईसीले एक विज्ञप्ति जारी गर्दै पीसीएएफओको सदस्य बन्न पाउँदा खुशीको महसुस भएको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, “यो विश्वव्यापी वित्तीय संस्थाहरूको सहकार्यमा ल्याइएको एक विश्वव्यापी पहल हो, जसले उनीहरूको ऋण र लगानीसँग जोडिएको हरितगृह ग्यास उत्सर्जनको समानुपातिक मूल्यांकन र खुलासा सुनिश्चित गर्दछ ।”

पीसीएएफमा ६ महादेशका ४८० भन्दा बढी वित्तीय संस्था आबद्ध छन् । उत्तरी अमेरिका, ल्याटिन अमेरिका, युरोप, अफ्रिका र एसिया–प्रशान्त क्षेत्रमा पनि पीसीएएफ द्रूतरूपमा विस्तार भइरहेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्