काठमाडौं । एनआईसी एशिया बैंकले कर्जा ग्राहकहरुको लागि अफर सार्वजनिक गरेको छ । बैंकले २०८० चैत मसान्तसम्ममा भाखा नाघेका कर्जाका ऋणीलाई असार महिनाभित्र भुक्तानी चुक्ता गरे जरिवाना तथा हर्जाना रकममा शत प्रतिशत छुट दिने असर सार्वजनिक गरेको छ।

त्यस्तै, बैंकले साधारण वक्यौता ब्याज रकममा समेत देहायको तालिकामा उल्लेख भए बमोजिम छुट प्रदान गर्ने योजना सार्वजनिक गरेको हो ।
विभिन्न कारणले देशमा उत्पन्न भएको आर्थिक मन्दीका कारण समयमै ऋण तथा ब्याज भुक्तानी गर्न नसकेका ऋणीहरुलाई लक्षित गरी सो अफर ल्याएको बैंकले जनाएको छ ।














