Logo
Logo
मधेस प्रदेश

मुख्यमन्त्री सिंहले असार २१ गते विश्वासको मत लिने, यस्तो छ अंकगणित


819
Shares

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिस सिंहले असार २१ गते विश्वासको मत लिने भएको छन् । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले मुख्यमन्त्री सिंहले यही २१ गते विश्वासको मत लिने तयारी गरेको जनाएको हो ।

संविधानको धारा १६८ (४)अनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र सांसदबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ । त्यसअनुसार मुख्यमन्त्री सिंहले २२ गतेभित्र सदनबाट विश्वासको मत लिइसक्नुपर्ने छ ।

तत्कालीन मुख्यमन्त्री सरोज यादवले सदनबाट बहुमत प्राप्त नगरेपछि मुख्यमन्त्री सिंहले बहुमत सांसदहरूको समर्थनमा प्रदेश सरकारबाट नियुक्त भएका थिए । प्रदेश प्रमुख सुमित्रा भण्डारीले २५ जेठमा जनतम पार्टीको तर्फबाट सिंहलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् । मुख्यमन्त्री सिंहले सरकार टिकाउन ५४ जना प्रदेश सांसदहरूको समर्थन चाहिन्छ ।

प्रदेश प्रमुखको कार्यालयमा बुहमत सिद्ध गर्दा मुख्यमन्त्री सिंहले आफ्नो पक्षमा ५५ जना सांसदहरूको समर्थन रहेको दाबी पेस गरेका थिए । त्यहीअनुसार अहिले मुख्यमन्त्री सिंहले आफ्नो नेतृत्वको सरकारमा मन्त्रिपरिषद पनि विस्तार गरेका छन् । यो अङ्कगणितले मुख्यमन्त्री सिंहको सरकारले विश्वासको मत पाउने पक्का छ ।

मधेस प्रदेशमा हाल ६ दलकाे सरकार छ । एमालेका २४, माओवादीका ९, जनमतका १३, एकीकृत समाजवादीका ७, राप्रपाका १ र नेपाल संघीय समाजवादीका एकजना प्रदेश सांसद छन् । यसलाई आधार मानेर जोड्ने हो भने मुख्यमन्त्री सिंहलाई ५५ जना सांसदकाे समर्थन रहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्