Logo
Logo

गोंगबु इन्काउन्टरले काठमाडौंका एसएसपी संकटमा


- दृष्टि न्युज/संवाददाता

0
Shares


काठमाडौं, ९ माघ ।
प्रहरीमा इन्काउन्टर मोह बढेको छ । चर्चा कमाउने नाममा गोली हाने प्रवृत्ती मौलाउँदै गएको छ।


त्यही क्रममा मंगलबार काठमाडौं प्रहरीले गोंगबुमा एक युवकलाई गोली हानी पक्राउ गयो । वाइसिएलका नेता अभिलास तामाङलाई प्रहरीले खुट्टामा गोली हानेको थियो ।
तामाङ नेकपाको भातृ संगठन वाईसिएलका काभ्रे जिल्ला अध्यक्ष रहेको खुलेको छ । उनीसँग हतियार रहेको आशंकामा प्रहरी होटलमा पुगेको थियो । आफूलाई हत्कडी लगाएर प्रहरीले खुट्टामा गोली हानेको उनले बताएका छन् ।
मित्रनगरमा रहेको होटल लक प्राईभेट लिमिटेडमा बसेका उनलाई गोली हान्ने योजनासहित डिएसपी होबिन्द बोगटी नेतृत्वको टिम गएको थियो । चर्चा कमाउने क्रममा उनलाई नियन्त्रणमा लिई गोली हानिएको थियो । तर, उनी नेकपाकै कार्यकर्ता भएपछि प्रहरी समस्यामा परेको हो ।
तामाङको कुनै अपराधिक पृष्ठभुमी प्रहरीले खुलाउन सकेको छैन । इन्काउन्टरका नाममा चर्चा कमाउन मात्र गोली हानिएको काभ्रेका नेकपा नेताहरुले गृहमन्त्री रामबहादुर थापासँग उजुरी गरेका छन् ।
स्रोतका अनुसार परिसरका इन्सपेक्टर अनिल ठकुरीको योजनामा गोली हानिएको हो । परिसरमा पछिल्लो समय डिएसपीकै नेतृत्वमा घुमुवा प्रहरी परिचालित छ । जून टोलीको मुख्य काम भनेको पैसा असुली हुने गरेको छ ।
काम देखाउन नाममा सोही टोलीले गोली हानेको थियो । घटनाको तत्काल छानबिन गरी काठमाडौंका एसएसपी बसन्त लामा लगायत प्रहरीलाई कारबाही गर्न नेकपाका नेताहरुले माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्