काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राजनीतिक विश्लेषक भरत दाहाललाई निसर्त रिहा गर्न माग गरेका छन् ।

सामाजिक सञ्जालमार्फत अध्यक्ष साम्पाङले दाहाललाई निसर्त रिहा गर्न माग गरेका हुन् । उनले वाक स्वतन्त्रताको सम्मान गर्न र ‘द ग्रे जोन’को कुरा गलत साबित गर्न चेतावनी समेत दिए ।
‘राजनीतिक विश्लेषक भरत दाहाललाई निशर्त रिहा गर् ! वाक स्वतन्त्रताको सम्मान गर ! ‘द ग्रे जोनु’को कुरा गलत साबित गर् ! उनले भनेका छन् ।















