
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ । आज (शुक्रबार) सुन प्रतितोला एक हजार ८०० रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो ।
आज ापावाल सुन प्रतितोला एक लाख ४६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य हालसम्मकै उच्च हो । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४४ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुन प्रतितोला एक लाख ४६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि बिहीबारको तुलनामा तोलामा १५ रुपैयाँले बढेर एक हजार ९०० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।














