
काठमाडौं । नेकपा माओवादी केन्द्र्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल बच भेटवार्ता भएको छ ।
प्रचण्ड र नेपालबीच सिंहदरबारस्थित माओवादी केन्द्र संसदीय दलको कार्यालयमा भेटवार्ता भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले आज आइतबार प्रतिनिधिसभामा विश्वासको मत लिँदै छन् । प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत लिनुअघि उनीहरुले भेटवार्ता गरेका हुन् ।
माओवादी केन्द्र, रास्वपा, राप्रपा र नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्रीको विश्वासको मतको विपक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेका छन् ।














