Logo
Logo

बागमतीमा एमाले मन्त्रीहरूकाे मन्त्रालय टुंगियाे, कसलाई कुन ?


5.7k
Shares

काठमाडौं । नेकपा एमालेले बागमती प्रदेश सरकारमा आफ्ना मन्त्रीको मन्त्रालय टुंगो लगाएको छ । एमालेले प्रकाश श्रेष्ठलाई कृषि तथा पशुपन्छी मन्त्रालय, किरण थापा मगरलाई स्वास्थ्य मन्त्रालय, कृष्ण सिलवाललाई वन तथा वातावरण मन्त्रालय दिने टुंगो लगाएको छ ।

त्यस्तै, सुकमाया तामाङलाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, अमन मास्केलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र प्रेमभक्त महर्जनलाई श्रम रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिने भएको छ ।

बागमतीको मुख्यमन्त्रीमा आज कांग्रेसका बहादुरसिं लामाले एमालेको समर्थनमा दाबी पेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्