Logo
Logo

कामना सेवा र गुराँस लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्ससम्बन्धी सेवा आदानप्रदान गर्ने सम्झौता भएको छ ।
सम्झौताअनुसार बैंकका ग्राहकले मुलुकभर रहेका ६३ वटै शाखाबाट सहज रूपमा गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका जीवन बिमा पोलिसी खरिद गर्न सक्नेछन् । सम्झौतासँगै बैंकको व्यवसाय प्रवद्र्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरू लाभान्वित हुने बैंकले जनाएको छ ।
सम्झौतापत्रमा कामना सेवा विकास बैंकका तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेत र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नारायणकुमार भट्टराईले हस्ताक्षर गरे ।

प्रतिक्रिया दिनुहोस्