Logo
Logo

खुकुरीले हानेर धादिङमा एकको हत्या


- दृष्टि न्युज/संवाददाता



धादिङ, ९ माघ ।
धादिङको नीलकण्ठ नगरपालिकामा मंगलबार भतिजले काकीको खुकुरी प्रहार गरी हत्या गरेका छन् । नीलकण्ठ नगरपालिका,१४ स्थित धुवाकोट, रातमाटेकी २५ वर्षीय मनिका आले मगरको भतिजो नाता पर्ने सुमन आले मगरले खुकुरी प्रहार गरी हत्या गरेका हुन् ।

१६ वर्षीय सुमन आले मगरले मनिकाको गर्धनमा खुकुरी प्रहार गरेको र उनकोे घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए । खुकुरी प्रहार गर्ने सुमन आले मगर फरार रहेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्