Logo
Logo

बुटवलमा नेपाल एसबिआई बैंकको एक्सटेन्सन काउन्टर


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । नेपाल एसबिआई बैंकले भैरहवाको बुटवलमा एक्सटेन्सन काउन्टर सञ्चालन गरेको छ । बैंकले बुटवलमा रहेको भारतीय राजदूतावासको पेन्सन वितरण कार्यालयमा काउन्टर सञ्चालन गरेको हो । भारतीय दूतावासका डिफेन्स आटाची कर्णेल अभनिश चाम्बियालले मंगलबार आयोजित एक कार्यक्रमबीच उक्त काउन्टरको उद्घाटन गरेका हुन् ।
बुटवलमा एक्सटेन्सन काउन्टर खोलेसँगै बैंकले ७७ शाखा, ९ एक्सटेन्सन काउन्टर, १ इनटच आउटलेट, ७ क्षेत्रीय÷प्रादेशिक कार्यालय तथा ११३ एटिएममार्फत देशभर बैंकिङ सेवा पु¥याउँदै आएको छ । काउन्टर सञ्चालनकै अवसरमा बैंकले बिमा दाबीबापत १० लाख ६१ हजार रुपैयाँको चेकसमेत हस्तान्तरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्