Logo
Logo

मोरङमा स्कुल बसको ठक्करबाट साइकलयात्रीको मृत्यु


378
Shares

विराटनगर । मोरङमा स्कुल बसको ठक्करबाट आइतबार बिहान साइकलयात्रीको मृत्यु भएको छ । विद्यार्थी लिनलाई विराटनगरबाट आमबारीतर्फ जाँदै गरेको को१क १७०० नम्बरको बसले रंगेलीस्थित चेका पुलमा साइकलयात्रीलाई ठक्कर दिएको थियो ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार विराटनगरस्थित अरनिको स्कुलको बसले ठक्कर दिँदा साइकलमा यात्रा गरिरहेका धनपालथान गाउँपालिका–३ मायागन्जका ५५ वर्षीय जगन्नाथ ठाकुरको मृत्यु भएको हो ।

ठाकुरलाई बिहान ९ः ४५ बजेतिर बसले ठक्कर दिएको थियो । गम्भीर घाइते भएका उनलाई उपचारका लागि रंगेली अस्पताल पु¥याउनसाथ चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ । ठाकुरको शवलाई पोस्टमार्टमका लागि रंगेली अस्पतालमै राखिएको छ ।

बस र चालक झापाको कन्काई नगरपालिका–१ का ५७ वर्षीय इन्द्रप्रसाद मिश्रलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको डीएसपी बस्नेतले बताए । प्रारम्भिक अनुसन्धानबाट बसको तीव्र गति र चालकको लापरबाहीका कारण दुर्घटना भएको खुलेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्