काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले थप ५ राज्यमन्त्री नियुक्त गरेका छन् । मंगलबार मुख्यमन्त्री नेसिंहले पाली कांग्रेसबाट २,जनमत, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीबाट १-१ जना गरी पाँच राज्यमन्त्री नियुक्त गरेका हुन् ।
कांग्रेससबाट भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा रेखा ठाकुर, उर्जा सिंचाइ सरसफाइ तथा खानेपानी राज्यमन्त्रीमा निलम कुाारी रजक, एमालेबाट भौतिक पूर्वाधार विकास राज्यमन्त्री मा मो. जयद आलम नियुक्त भएका छन् ।
लोसपाबाट शिक्षा तथा संस्कृति राज्यमन्त्रीमा रामबाबु यादव र जनमतबाट उद्योग पर्यटन राज्यमन्त्री सम्भु साह नियुक्त भएका छन् । यो संगै मधेश सरकारको मन्त्रिपरिषद अहिलेसम्मकै ठूलो आकारको अर्थात २० सदस्यीय बनेको छ ।