Logo
Logo

जोरपाटीको धागो फ्याक्ट्रीमा आगलागी


1.3k
Shares

काठमाडौं । काठमाडौंको जोरपाटीस्थित एक धागो फ्याक्ट्रीमा आगलागी भएको छ ।

फाइल तस्विर

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीका अनुसार जोरपाटीस्थित गोकर्णेश्वर नगरपालिका-२ नयाँपाटीमा रहेको धागो फ्याक्ट्रीमा आगलागी भएको हो ।

दिउँसो साढे ४ बजेबाट धागो फ्याक्ट्रीमा लागेको आगो निभाउने प्रयास भइरहेको एसपी अधिकारीले बताए । ओलढुंगाको लिखु गाउँपालिका–४ घर भएका ५९ वर्षीय बुद्धिबहादुर कार्कीले सञ्चालन गरेको मनकामना वुल क्राडिङ प्रालि कारखानामा आगलागी भएको उनले बताए ।

अहिले ५० जना प्रहरी, नेपाली सेनाका २५ जनाको टोली र स्थानीयहको सहयोगमा आगो नियन्त्रणको प्रयास भइरहेको छ । आगलागीको कारण खुलिसकेको छैन ।

काठमाडौं महानगरपालिकाको ३ वटा दमकल परिचालन गरिएको छ । ललितपुर महानगरपालिकाबाट पनि दमकल गएका छन् ।

प्रतिक्रिया दिनुहोस्