काठमाडौँ । न्याय परिषद्ले देशभरका रिक्त ३५ न्यायाधीशमा सिफारिस गरेको छ ।
शुक्रबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नेतृत्वमा बसेको न्याय परिषद्को बैठकले रिक्त ३५ न्यायाधीशमा सिफारिस गरेको हो । सिफारिस हुनेमा न्याय सेवाका कर्मचारी, सरकारी वकिल समूह र कानुन सेवाका कर्मचारी रहेका छन् ।

न्याय परिषद्का एक सदस्यका अनुसार न्याय सेवाबाट २५ जना, सरकारी वकिलबाट ६ जना र कानुन सेवाबाट ४ जनालाई जिल्ला न्यायाधीशमा सिफारिस गरेका छ ।
यसअघि जिल्ला न्यायाधीशका लागि परीक्षा लिइएको थियो । परीक्षामा कम मात्र व्यक्ति पास हुन सफल भएपछि रिक्त पदमा न्याय परिषद्को बैठकले सिफारिस गरेको हो ।














