Logo
Logo

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै


252
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा आज पनि बस्दैछ । शुक्रबार सुरु भएको बैठक आज पनि जारी रहने माओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

प्रवक्ता सापकोटाका अनुसार आजको बैठकमा सदस्यहरूले वैचारिक, राजनीतिक र साङ्गठनिक परिस्थिति तथा कार्यभारका सम्बन्धमा धारणा राख्नेछन् ।

हिजोको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय नेपाल र मित्रराष्ट्र बङ्गलादेशमा भएका राजनीतिक घटनाक्रमको ‘ब्रिफिङ’ गरेका थिए । साथै, सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा दलहरूबिच भएको सहमतिबारे उनले जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्