काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिभिन्न पार्टीबाट आएका नेताहरूलाई जिम्मेवारीविहीन नबनाइने बताएका छन् ।

आइतबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले माओवादी पार्टी प्रवेश गरेकाले जिम्मेवारी नपाएको गुनासो गरेकाले उनीहरूलाई जिम्मेवारीविहीन नबनाइने बताए ।
उनले प्रदेश र स्थानीय तहमा पनि माओवादीमा समावेश भएकालाई उचित जिम्मेवारी दिन निर्देशन दिए । अहिले माओवादीमा प्रवेश गर्नेको देशैभरीबाट लहर चलेको उनले बताए ।
कार्यक्रममा बिभिन्न पार्टीबाट आएका नेता कार्यकर्तालाई प्रचण्डले माओवादी प्रवेश गराएका थिए ।














