काठमाडौँ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले ६१ बुँदे समसामयिक राजनीतिक प्रस्ताव पेस गरेका छन् । आइतबार पार्टीको केन्द्रीय समिति बैठकको पहिलो दिनमा अध्यक्ष यादवले ६१ बुँदे समसामयिक राजनीतिक प्रस्ताव पेस गरेका हुन् ।

उनको प्रस्तावमा संघीयता कार्यान्वयन, संविधान संशोधन, सामाजिक न्यायको हक सम्बन्धी, निर्वाचन क्षेत्र निर्धारणलगायत विषयहरू उल्लेख छन् ।
जनकपुरधाममा सम्पन्न एकताको प्रथम महाधिवेशनपछि नवगठित केन्द्रीय समितिको पहिलो बैठक आइतबारदेखि ललितपुरमा सुरु भएको हो ।














