
काठमाडौं । झापामा विषालु सर्पको टोकाइबाट एक जनाको मृत्यु भएको छ । बिर्तामोड नगरपालिका– ७ गरामनी मिलडाँडा निवासी ६८ वर्षीया धनमाया पौडेलको गोमन सर्पले टोक्दा मृत्यु भएको हो ।
आफ्नै घरमा सर्पले डसेपछि उनलाई उपचारका लागि सर्पदंश उपचार केन्द्र चारआली लगिएको थियो । तर, त्यहाँ उपचार हुन नसक्दा बीएण्डसी अस्पताल बिर्तामोड लैजाने क्रममा उनको बाटैमा मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले धनमायाको विषालु सर्पको टोकाइबाट मृत्यु भएको बताए ।














