Logo
Logo

डेंगी संक्रमणबाट २ जनाको मृत्यु


1k
Shares

काठमाडौं । डेंगी संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । केहि दिनअघि डेंगी संक्रमणबाट झापामा एक ४० वर्षीया महिला र तनहुँको दमौलीका एक ५० वर्षीय पुरुषको मृत्यु भएको हो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुका निर्देशक डा. यदुचन्द्र घिमिरेले डेंगी संक्रमणबाट दुई जनाको मृत्यु भएको जानकारी दिए ।

गत पुसदेखि हालसम्म देशभर दुई हजार तीन सय भन्दा धेरैमा डेंगी संक्रमण पुष्टि भइसकेको छ । नेपालका ७३ जिल्लामा डेंगी संक्रमण फैलिएको महाशाखाले जनाएको छ ।

काठमाडौं उपत्यकामा मात्रै दुई सय ८७ जनामा डेंगी संक्रमण देखिएको छ । गत वर्ष नेपालमा डेंगी संक्रमणबाट २० जनाको मृत्यु भएको थियो ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000