
काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा सुरु हुने भएको हो ।
बैठकमा पछिल्ला राजनीतिक समसामयिक घटनाक्रम, पार्टीको भूमिका, प्रतिपक्षको भूमिका, जनदबाबका कार्यक्रम, जनसङ्गठन बिस्तार एवं सुदृढीकरण र जनतामा जाने विशेष कार्यक्रमहरूका बारेमा छलफल हुने पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
उनका अनुसार चौथो दिन पनि बैठकमा नेताहरूले आ–आफ्ना धारणा राख्ने क्रम जारी रहने छ । स्थायी कमिटी बैठकलगत्तै केन्द्रीय कमिटीको बैठक राखेर जनतामा फर्किने माओवादीको योजना छ ।














