धनगढी । सुदूरपश्चिम प्रदेशसभामा (नेकपा माओवादी केन्द्र)को संसदीय दल प्रमुख सचेतक गीतादेवी माल बनेका छन् ।
मंगलबार बसेको संसदीय दलकाे बैठकले माललाई प्रमुख सचेतकमा चयन गरेकाे उपनेता अक्कलबहादुर रावलले जानकारी दिए ।
यसअघिका प्रमुख सचेतक मानबहादुर धामी खगराज भट्टलाई हटाउँदै दलकाे नेता बनेपछि माओवादीकाे प्रमुख सचेतक पद खाली थियाे । माओवादी केन्द्रले प्रमुख सचेतक चयन गरेकाे जानकारी प्रदेश सभा सचिवालयलाई समेत जानकारी गराइसकेको छ ।