
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ३ सय रुपैयाँ घटेको छ । छापावाल सुन प्रतितोला तिन सय घटेर एक लाख ५० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि मंगलबार छापावाल सुन प्रतितोला एक लाख ५० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यो मल्य हालसम्मकै उच्च हो । आज चाँदी प्रतितोला एक हजार ७३५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ७४० रुपैयाँमा कारोबार भएको थियो ।














