Logo
Logo

शिखर इन्स्योरेन्सको नाफा ५१ करोड ३० लाख, पीई रेसियो ३७.४२ रुपैयाँ


252
Shares

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले एक वर्षमा ५१ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले बुधबार सार्वजनिक गरेको आव २०८०/८१ को चौथो त्रैमास वित्तीय विवरणअनुसार सो नाफा आर्जन गरेको देखिएको हो ।

गत आव २०७९/०८० मा २२ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यो अघिल्लो आर्थिक वर्षको तुलनामा २८ करोड ६९ लाख रुपैयाँ अर्थात् १२६.८९ प्रतिशतले बढी हो ।

कम्पनीले एक वर्षमा ५ अर्ब ३८ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत वर्ष कम्पनीको कुल बीमा शुल्क ५ अर्ब २९ करोड रुपैयाँ रहेको थियो । गत वर्षको तुलनामा यो वर्ष कम्पनीको कुल बीमा शुल्क ९ लाख रुपैयाँले बढेको हो ।

त्यस्तै, कम्पनीको खुद बीमा शुल्क १ अर्ब ५६ करोड रुपैयाँ रहेको छ । गत वर्ष कम्पनीको खुद बीमा शुल्क १ अर्ब ३७ करोड रुपैयाँ रहेको थियो । ५ करोड ८९ लाख रुपैयाँ कमिशन एक्सपेन्सेस भएको कम्पनीको चुक्ता पुँजी २ अर्ब ६५ करोड रुपैयाँ रहेको छ ।

यस्तै, कम्पनीको जगेडा कोषमा ३१ करोड ५१ लख रुपैयाँ जम्मा रहेको विवरणमा उल्लेख छ । कम्पनीको बेसिक इपीएस १९.३२ प्रतिशत रहेको छ । कम्पनीको नेटवर्थ २०४.५९ रुपैयाँ र प्रतिसेयर आम्दानी १९.३२ रुपैयाँ रहेको छ भने कम्पनीको पीई रेसियो ३७.४२ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्