Logo
Logo

गौरमा निर्माण हुन लागेका कृषि तथा पशु सेवा केन्द्रकाे शिलान्यास


252
Shares

राैतहट । ग्रामीण उधम तथा  आर्थिक विकास परियोजना काठमाडौको आर्थिक सहयोग गाैरमा निर्माण हुन लागेका कृषि तथा पशु सेवा केन्द्रकाे एक कार्यक्रमबीच  शुक्रबार  शिलान्यास गरिएको छ ।  

ग्रामीण उधमको आर्थिक सहयोग दुई करोड चालीस लाख तीस हजार रुपैयाँको लागतमा बन्न लागेकाे तीन तले भवनकाे गाैर नगर प्रमुख शम्भु साहले शुक्रबार  शिलान्यास गरेका हुन ।  

सो कृषि प्रयाेगशालाबाट माटो परिक्षण, पोखरीको पानीको परिक्षण, बिउको परिक्षण ,बाली तथा फलफूलमा लाग्ने रोग किराको परिक्षण, मलखाद परिक्षण हुने छ ।

पशु प्रयोगशालाबाट गाेबर परिक्षण ,पशुको रगत तथा पिसाब परिक्षण पशुको शल्यक्रिया , कृत्रिम गर्भधारण, पशुको अल्ट्रासाउन्ड ,एक्स-रे लगायतका काम हुने प्रमुख प्रशासकीय अधिकृत सुभास कुमार ठाकुरले बताए ।

साे भवन निर्माणका ठेक्का सम्झौता सीएम कन्ट्रक्सन जाेरपाटी काठमाडौंले पाएका छन । प्रयोगशाला भवनमा कोठा सङ्ख्या १० रहेकोमा २०८२ साल बैशाख मसान्तभित्र निर्माण कार्य सम्पन्न गर्नु पर्ने छ । उक्त  भवनको भुइँ तलामा कृषि र पशुकाे  अत्याधुनिक ल्याब पहिलो तलामा ५० जना अट्ने सभाकक्ष र दोस्रो तलामा अतिथि गृह रहने प्रमुख प्रशासकीय अधिकृत ठाकुरले बताए ।

प्रतिक्रिया दिनुहोस्