Logo
Logo

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर


315
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ । आज सबैजसो विदेशी मुद्राको मूल्य घटबढ भएको छैन । राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६१ पैसा निर्धारण भएको छ । शनिबार पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो ।

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४७ रुपैयाँ २८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ९४ पैसा निर्धारण भएको छ । हिजो युरोको मूल्य यही थियो । यस्तै, बेलायती पाउन्ड १ को खरिददर १७२ रुपैयाँ ९२ पैसा र बिक्रीदर १७३ रुपैयाँ ६९ पैसा निर्धारण भएको छ ।

आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ८४ पैसा र बिक्रीदर ८९ रुपैयाँ २४ पैसा निर्धारण भएको छ । त्यसैगरी आजको लागि कुवेती दिनार १ को खरिददर ४३८ रुपैयाँ १४ पैसा र बिक्रीदर ४४० रुपैयाँ १० पैसा निर्धारण भएको छ ।
आजको लागि बहराइन दिनारको खरिददर ३५५ रुपैयाँ ५३ र बिक्रीदर ३५७ रुपैयाँ १३ पैसा निर्धारण भएको छ ।

प्रतिक्रिया दिनुहोस्