Logo
Logo

आज सुन प्रतितोला ११ सय रुपैयाँ घट्यो


378
Shares

काठमाडौं । आज बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक हजार १ सय रुपैयाँले घटेको छ । आज छापावाल सुन प्रतितोला एक लाख ५१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।

बुधबार (हिजो) छापावाल सुन प्रतितोला एक लाख ५३ हजार रुपैयाँमा कारोबार भएको थियो । यो मूल्य हालसम्मकै उच्च हो ।चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घटेको छ । बुधबार प्रतितोला एक हजार ८३५ रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ८३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्