काठमाडौं । काठमाडौं महानगरपालिकाले श्रीकेश तेल उत्पादक कम्पनी सप्तऋषि ओयल एण्ड कस्मेटिक इण्डष्ट्रीलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ ।
महानगरले उत्पादक कम्पनीसँग माग गरिएका विवरणका आधारमा तयार पारिएको प्राविधिक विश्लेषण प्रतिवेदनमा गुणस्तर पुष्टि हुन नसकेपछि जरिवाना गरिएको हो ।
महानगरका निरीक्षण अधिकृत डा। अवधेश झाका अनुसार तेलको गुणस्तरका विषयमा गुनासो आएपछि महानगरपालिकाले असार ७ गते विवरण माग गरेको थियो । उक्त विवरणका आधारमा प्रतिवेदन तयार गरेको रसोही प्रतिवेदनका आधारमा जरिवाना गरिएको उनले बताए ।
माग गरिएको विवरणमा तेलमा प्रयोग हुने कच्चा पदार्थको प्राविधिक समिश्रणको विधि ९फर्मुलेसन, रेसपी मेथड०को कागजात प्राप्त हुन सकेको थिएन । महानगरको अनुगमनको क्रममा कारखानामा स्टाण्डर्ड अपरेसन प्रोसिड्युरको अभिलेखसमेत पाइएको थिएन ।