Logo
Logo

कांग्रेसले मन्त्रीलाई रोष्ट्रममा जान दिएन् भने बसेकै ठाउँबाट विधेयक प्रस्तुत हुन्छः योगेश भट्टराई


- दृष्टि न्युज/संवाददाता



काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का युवा नेता योगेश भट्टराईले ११ गतेको संसद बैठकबाट चिकित्सा शिक्षा विधेयक कांग्रेसले मन्त्रीलाई रोष्ट्रममा जान दिएन् भने बसेकै ठाउँबाट विधेयक बताएका छन् ।

पार्टी स्थायी समिति सदस्य तथा शिक्षा समितीका सदस्य समेत रहेका भट्टराईले रिपोर्टस क्लवमा आयोजित साक्षात्कारमा बोल्दै मन्त्रीलाई रोष्टममा जान नदिए बसेकै ठाउँबाट विधेयक प्रस्तुत गरेर पारित गरिने बताए । उनले संसदको आफ्नै अधिकार हुने सुनाउँदै उनले चिकित्सा शिक्षा विधेयक पास गर्ने कुरामा नरोक्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई आग्रह गरे।

‘माघ ११ गते बस्ने बैठकमा यो विधेयक हामी ट्याक्कै पारित गर्छौं, पास हुन्छ,’ नेता भट्टराईले भने, ‘मन्त्रीलाई रोष्ट्रममा जान दिइएन भने पनि मन्त्री बसेकै ठाउँबाट पनि पास हुन्छ । किनभने त्यसको नजिर कांग्रेसकै नेता रामचन्द्र पौडेलले बसाइसक्नुभएको छ ।’

कांग्रेसले संसद अवरोध गरेपनि, नगरेपनि र कांग्रेसले भनेपनि नभनेपनि गिरिजा र सुशिल कोइरालाका नामका अस्पतालहरु चल्ने उनले जिकिर गरे। यद्धपी उनले त्यहाँभित्र विकृति र विसंगतिहरु छन् भने सरकारले छानबिन गर्नेपनि स्पष्ट पारे। उनले भने,‘सुशिल कोइराला र गिरिजाबाबुको नाममा के–के हडप्न खोजिएको छ, त्यो हडप्न चाहीँ हामी दिँदैनौं। भट्टराईले भने ।

कांग्रेस नेता रामचन्द्र पौडेल सभामुख भएका बेलाको दृष्टान्त पस्कँदै विधेयक पास हुने बताएका हुन् । स्थानीय निकाय सम्बन्धि विधेयक संसदमा निर्णयार्थ प्रस्तुत गर्ने संसद्को कार्यसूची थियो । एमालेले त्यसमा विरोध जनायो र रोष्ट्रम घेराउ गर्यो,” उनले उदाहरण दिए, “त्यसपछि सभामुखको आसनबाट पौडेलले मन्त्रीलाई आदेश दिनुभयो– तपाईं बसेकै ठाउँबाट विधेयक निर्णयार्थ प्रस्तुत गर्नूहोस् । मन्त्रीले आफूू बसेकै ठाउँबाट पढे ।

विधेयक पास भयो । विधेयक त यसरी पनि पास हुँदो रहेछ नि ”नेपाली कांग्रेसका साथीहरूलाई यो विधेयक मन परेको छैन भने तपाईंहरू मतदानको माग गर्नुहोस्। आफ्नो विपक्षमा मत हाल्नुहोस्। ती सबै अधिकारहरू छन् नि, त्यसलाई प्रयोग गर्नुहोस्। ती अधिकारलाई प्रयोग नगरी संसदलाई बन्धक बनाउने कुरा राम्रो होइन।’

प्रतिक्रिया दिनुहोस्