काठमाडौँ । यो साता कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा करिब दुई प्रतिशतको गिरावट देखिएको छ भने कारोबार रकम पनि घटेको छ । नेप्से परिसूचक ५३ दशमलव ६३ अङ्कले घटेर दुई हजार छ सय ९५ दशमलव ९३ को विन्दुमा कायम भएको हो ।

आज तीन सय ३७ कम्पनीको दुई करोड ६२ लाख ४६ हजार चार सय ३५ कित्ता शेयर एक लाख ३० हजार छ सय ३२ पटक खरिदबिक्री हुँदा रु १० अर्ब ५१ करोड ७६ लाख ८२ हजार तीन सय ४९ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
म्युचुअल फण्ड शून्य दशमलव ८० प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा बढी वित्त समूह तीन दशमलव ४४, होटल तथा पर्यटन दुई दशमलव ९८ र बैंकिङ दुई दशमलव ३४ प्रतिशतले घटेको छ । त्यसैगरी, विकास बैंक एक दशमलव ८५, जलविद्युत् दुई दशमलव ४०, लगानी एक दशमलव ३३, जीवन बीमा एक दशमलव ४४, उत्पादन तथा प्रशोधन एक दशमलव ८०, लघुवित्त एक दशमलव ८८, निर्जीवन बीमा एक दशमलव २३, व्यापार शून्य दशमलव १९ र अन्य समूह एक दशमलव ०४ प्रतिशतले बढेको छ ।
आज सुपरमाई हाईड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने पिपुल्स हाईड्रोपावर कम्पनी लिमिटेड र माईखोला हाईड्रोपावर लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा बढी गुडविल फाइनान्स लिमिटेडको रु ५२ करोड ३१ लाख १० हजार चार सय ९२ बराबरको शेयर किनबेच भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै सानिमा लार्ज क्याप फण्डको आठ लाख चार हजार आठ सय कित्ता शेयर कारोबार भएको छ ।
नाडा अटो शोमा टाटाका सेल्सम्यानलाई भ्याइनभ्याइ
काठमाडौं । भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२४ मा टाटा ‘पन्च ईभी’ सबैको आकर्षणमा परेको छ । टाटाका पेट्रोल, डिजेल गाडीले दशकौंदेखि नेपाली बजारमा वर्चश्व कायम गर्दै आएका छन् । प्रविधि विकाससँगै विद्युतीय सवारीसाधन (ईभी) मा पनि पछिल्लो पटक टाटाका गाडीमा आकर्षण देखिएको छ ।
नाडा अटो शोमा पुगेकाले पहिलो नजर नै टाटाको पन्च डट ईभीमा पुर्याउँले टाटाका आधिकारिक वितरक सिप्रदीले जानकारी दिएको छ । सरल मूल्यमा आकर्षक डिजाइनमा बनेको टाटा ‘पन्च ईभी’ मा देखिएको आकर्षण लोभलाग्दो भएको सिप्रदीले जनाएको छ ।
आधिकारिक वितरक सिप्रदीका अनुसार पन्च ईभी नाडा अटो शोमा पहिलो दिनमै १ सयभन्दा धेरै युनिट बुकिङ भएको थियो । अहिले नाडा अटो शोमा टाटाका सेल्सम्यानलाई भ्याइनभ्याइ छ ।
टाटाले ल्याएको पन्च डट ईभी नेपाली बाटो र माटो सुहाउँदो रहेको कम्पनीले जनाएको छ । टाटा पन्च ईभी प्लस एस एमआर, एलआई र प्लस एलआर गरी तीन भेरिएन्टमा उपलब्ध छ । प्लस एस एमआरको मूल्य ३३ लाख ९९ हजार रुपैयाँ, पन्च ईभी इम्पावर्ड एलआईको मूल्य ३६ लाख ९९ हजार र पञ्च ईभी इम्पावर्ड प्लस एलआरको मूल्य ३८ लाख ९९ हजार तोकिएको छ ।














