Logo
Logo

आज सुनचाँदीको मूल्य घट्यो


504
Shares

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले घटेको हो ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार छापावाल सुन प्रतितोला एक लाख ५२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ७७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला एक हजार ७९५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्