काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले क्लब अचिभर्स इभेन्ट २०८१ सम्पन्न गरेको छ । ताहाचलस्थित होटल सोल्टीमा आयोजना गरिएको उक्त कार्यक्रममा देशभरि रहेका शाखा तथा उपशाखामा कार्यरत रही क्लब योजनामा सहभागी हुन सफल अभिकर्ताहरूलाई लक्षित गरिएको थियो ।
कार्यक्रममा कम्पनीको तर्फबाट अध्यक्ष रतनलाल केडिया, संचालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेलगायत उच्च व्यवस्थापन समूहको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका अध्यक्षले कम्पनीको निमन्त्रणालाई सहर्ष स्वीकार गरि देशका विभिन्न ठाउँहरुबाट पाल्नु भएका क्लबको सदस्यता प्राप्त गर्न सफल अभिकर्ताहरुले देखाको अगाढ विश्वास र कम्पनीको व्यवसाय वृद्धिमा पु¥याएको योगदानप्रति आभार व्यक्त गरेका थिए ।
कार्यक्रमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले सबै क्लब सदस्यहरूप्रति आभार प्रकट गर्दै कम्पनीको मेरुदण्डका रूपमा रहेका अभिकर्ताहरूलाई प्रोत्साहन गर्ने खालका कार्यक्रमहरू भविष्यमा पनि ल्याउने प्रतिवद्धता जनाए । कम्पनीका डेपुटी सिईओ निराजन कँडेलले सफल अभिकर्ता बन्नको लागि चाहिने सीपहरु लगायतका विषयहरूमा बोलेका थिए ।
कम्पनीले आर्थिक वर्ष २०८०÷०८१ को अभिकर्ता प्रोत्साहन योजनाअन्तर्गत गोधुली क्लब, पृथ्वी क्लब, अग्नि क्लब र आकाश क्लब योजनाहरू प्रस्तुत गरेका थिए । क्लबमा सहभागी हुन वैयक्तिक कोड र टिम व्यवसायमा संकलन गर्नुपर्ने न्यूनतम रकमको सीमा तोकिएको थियो । उक्त सीमाको लक्ष्य हासिल गर्न सफल अभिकर्ताहरू क्लबमा सहभागी भएका थिए । सबै क्लबका सहभागीहरूलाई कम्पनीले सम्मान प्रदान गरेको थियो ।
पूर्वमिस नेपाल माल्भिका सुब्बाले सञ्चालन गरेको कार्यक्रममा हास्य कलाकार जितु नेपाल र नेपाल आइडल सिजन ५ का बिजेता करण परियारले आफ्ना प्रस्तुतमार्फत कार्यक्रमको माहोलमा रौनक थपेका थिए ।