Logo
Logo

क्लिनिकमै बिरामीलाइ बलात्कार गरेकाे आरोपमा चिकित्सक पक्राउ


- दृष्टि न्युज/संवाददाता


जनकपुर ३० बैशाख ।

क्लिनिकमै बिरामीलाइ बलात्कार गरेकाे आरोपमा जनकपुरका एक चिकित्सक पक्राउ परेका छन् । प्रादेशिक अस्पताल जनकपुरमा कार्यरत चिकित्सक पक्राउ परेका हुन् ।

लकडाउनको समयमा उपचारका लागि क्लिनिकमा आएको वेला ती चिकित्सकले जबर्जस्ती करणी गरेको उजुरी पीडित युवतीले प्रहरीमा दिएकी थिइन् । पीडित युवतीको उजुरीको आधारमा आरोपित चिकित्सकलाई पक्राउ गरिएको धनुषाका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए ।

प्रहरीले चिकित्सककाे नाम सावजनिक गरेकाे छैन ।

प्रतिक्रिया दिनुहोस्