Logo
Logo

साउदीमा ६७४ नेपालीलाई कोरोना संक्रमण, एकको मृत्यु


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३१ बैशाख । साउदी अरबियामा कोरोना संक्रमित नेपालीको संख्या ६७४ पुगेको छ । साउदी नेपाली कामदारका लागि प्रमुख गन्तब्य मुलुक मानिन्छ । जहाँ कोरोना भाइरसकै कारण एक नेपालीले ज्यान गुमाइसकेका छन् ।
त्यहाँको स्वास्थ्य मन्त्रालय र विदेश मन्त्रालयले दिएको जानकारी अनुसार साउदी अरबको पूर्वी क्षेत्रमा ३३६ जना नेपाली संक्रमित भेटिएका छन् । त्यहाँ नेपाली श्रमिकको ठूलो उपस्थति रहेको छ । साउदी अरेबियास्थित नेपाली दूतावासका अनुसार त्यहाँको पश्चिमक्षेत्र (मक्का, मदिना, जेद्दा र जजान लगायतमा) मा १४८ जना, रियाद क्षेत्रमा १७५ जना, कसिम क्षेत्रमा ३ जना, हायल क्षेत्रमा ३ जना र अन्य स्थानमा ९ जना नेपालीहरू संक्रमित भएका छन् । कुल संक्रमितमा ११ जना नेपाली महिला छन् ।
संक्रमित भएकामध्ये धेरैजसो नेपाली निको भई काममा फर्किसकेको दूतावासले जनाएको छ । साउदी सरकारले दिएको जानकारी अनुसार साउदी अरबमा कोरोना संक्रमण शुरु भएदेखि विभिन्न कारणले मृत्यु भएका ३१ नेपालीमध्ये १ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
साउदीमा हालसम्म कोरोना संक्रमितको संख्या ४२,९२५ पुगेको छ । कूल संक्रमितमध्ये हालसम्म १५,२५७ जना निको भएका छन् । सोमबार एकै दिन २५२० जना निको भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्