Logo
Logo

कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै, आरक्षण कोटा लगायतका विषयमा निर्णय हुने


- दृष्टि न्युज/संवाददाता



काठमाडाैं, १० माघ ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ ।
महासमिति बैठकले पारित गर्न बाँकी रहेका विषय टुंग्याउन बैठक बस्न लागेको हो । केन्द्रीय सदस्य बुथबाट निर्वाचित भई महाधिवेशन प्रतिनिधि बन्ने, आरक्षण कोटा एक पटक मात्रै उपयोग गर्न पाउनुपर्ने लगायतका प्रस्ताव जिल्ला सभापतिहरुले राखेका थिए।

पुस ८ मा सकिएको महासमिति बैठकले जिल्ला सभापतिहरुको प्रस्ताव केन्द्रीय समितिले पारित गर्ने निर्णय गरेको थियो।
आजको बैठकमा कार्यकाल सकिएको नेविसंघको विषयमा पनि छलफल हुने बताइएको छ। साथै, कांग्रेसका पूर्व सभापतिद्धय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा रहेका अस्पताललाई सरकारले प्रदेश मातहत राख्ने तयारी गरेको विषयमा पनि छलफल हुने मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी गराए।

बिहीबारको बैठकपछि मात्रै बैठक कति दिन लम्बिने निश्चित हुने उनले जानकारी गराए।

प्रतिक्रिया दिनुहोस्