Logo
Logo

सुनको मूल्य हालसम्मकै उच्च, एकैदिन ३ हजार बढ्यो


1.3k
Shares

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । अघिल्लो दिनको तुलनामा आज एकैदिन छापावाल सुन प्रतितोला ३ हजार रुपैयाँले बढेको हो ।

बिहीबार प्रतितोला १ लाख ५३ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ५६ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

पछिल्लो समय सुनको मूल्य निरन्तर उकालो लाग्दै आएको छ । त्यस्तै अघिल्लो दिनको तुलनामा आज चाँदीको मूल्य प्रतितोला ५५ रुपैयाँले बढेर १ हजार ८६० रुपैयाँ कायम भएको छ । बिहीबार चाचँदी प्रतितोला १ हजार ७९५ रुपैयाँमा कारोबार भइरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्