Logo
Logo

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला १ लाख ५६ हजार ८ सय पुग्यो


378
Shares

काठमाडौं । नेपाली बजारमा आज आइतबार सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । आज सुन प्रतितोला पाँच सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च भएको हो ।

यसअघि शुक्रबार एक लाख ५६ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला एक लाख ५६ हजार आठ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी ४० रुपैयाँले बढेर तोलाको एक हजार नौ सय रुपैयाँ कायम भएको हो ।

प्रतिक्रिया दिनुहोस्