Logo
Logo

कर्मचारी सरुवामा नयाँ प्रणाली, अब चलखेल रोकिने !


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, १० माघ ।
कर्मचारी समायोजनसँगै सरुवामा हुने चलखेल समेत रोकिने भएको छ । कर्मचारीको सरुवा अब चक्रीय प्रणालीबाट हुने भएको छ ।


संघीय निजामती ऐनमा नै चक्रिय प्रणालीको व्यवस्था गर्न लागिएको हो । संघीय निजामती सेवा ऐनको दफा २२ को उपदफा ३ मा भनिएको छः ‘निजामती कर्मचारीलाई यथासम्भव सबै भौगोलिक क्षेत्रको अनुभव दिलाउने र पूर्वानुमानयोग्य हुने गरी तोकिए बमोजिमको आधार र प्राथमिकता बमोजिम च क्रीय रूपमा सरुवा गरिने छ ।’

आधार र मापदण्ड तोकी चक्रीयरुपमा सरुवा गर्ने भन्ने नयाँ प्रणालीको व्यवस्थाले कर्मचारीको सरुवा व्यवस्थित हुने विश्वास लिइएको छ । कर्मचारी सरुवामा ट्रेड युनियन, नेताले सोर्स फोर्स लगाउने प्रवृत्ती छ । नेताहरुलाई खुशी नबनाउने कर्मचारीहरु सधैं दुर्गममा पेलिने गरेका छन् ।
चक्रिय प्रणालीलाई बैज्ञानिक ढंगले कार्यान्वायन हुन सके यसमा कर्मचारीतन्त्रमा धेरै सुधार ल्याउने सामान्य प्रशासन मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्