Logo
Logo

मलेसियामा नेपाली अलपत्र


- दृष्टि न्युज/संवाददाता


मलेसिया, २ जेठ । कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट मलेरिया पनि प्रभावित भएको छ । यहाँ रहेका नेपालीमध्ये ५५ जनालाई भाइरसको संक्रमण देखिएको छ । उनीहरुमध्ये ३ जना उपचारपछि फर्किसकेका छन् । संक्रमितहरुमध्ये अधिकाशं सेक्युरिटी गार्डको काम गर्ने रहेका छन् ।
मलेसियमा नेपालीहरु सबैभन्दा बढी सुरक्षा गार्डकै काम गर्ने हुनाले जोखिम पनि उनीहरुलाई नै बढिरहेको छ । अहिले मेलसियमा ५ लाख ५० हजारभन्दा बढी नेपालीहरु छन् । तीमध्ये केही अवैधानिक रुपमा लामो समयदेखि बस्दै आएकाहरु पनि छन् । कोरोनाको जोखिममा ती नेपालीहरु नै बढी छन् । यस्तो अवस्थामा धेरै नेपालीहरुले रोजगारी गुमाउने सभ्भावना छ । भाइरसको संक्रमणबाट बच्न केही घरमै बसिरहेका छन् भने केही काममै जानुपर्ने बाध्यता छ ।
अहिले ७ हजार नेपालीहरु तत्कालै घर फर्कन चाहेको जानकारी हामीले पाएका छौँ । त्यसमा करार अवधि सकिएका, भिसा सकिएका, अवैधरुपमा बसेकादेखि कम्पनी बन्द भएकाहरु पनि छन् । १ सय ५० जना जति बिरामीहरु रहेका छन् । मिर्गाैलामा पानी जमेका, फेल भएका, शरीर सुनिएकाजस्ता बिरामीहरु यहाँ छन् । उनीहरुलाई तत्कालै फर्काउन आवश्यक छ ।
बिरामीहरुसहित सबैलाई फर्काउन एनआरएनए मलेसियाले परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीसँग समेत भिडियो कन्फ्रेन्समार्फत जानकारी गराइसकेका छौँ । ती सात हजारलाई नेपाल फर्काउन सरकारले पहल गरे नेपालमा क्वाराइन्टाइनमा बस्नलाई एनआरएनएले काठमाडौंका होटलहरुलाई भाडामा लिन्छौँ समेत भनिसकेको छ । वैदेशिक रोजगारमा आउने कामदारले रेमिट्यान्स पठाउदा खुसी हुने देशले त्यही कामदार अलपत्र पर्दा फर्काउन आनाकानी गरिरहेका छन् । यो देख्दा धेरै श्रमिकहरु अहिले दुखित भएका छन् ।

मलेसियाबाट हरि भट्टराई

प्रतिक्रिया दिनुहोस्