Logo
Logo

ललितपुरको पुनस्र्थापना केन्द्रभित्रै हत्या


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, १० माघ ।
ललितपुरको एक पुनस्थार्पना केन्द्रमा हत्या भएको भन्दै प्रहरीले सञ्चालकलाई पक्राउ गरेको छ । वी केयर लागुऔषध पुनर्स्थापना तथा सुधार केन्द्रका अध्यक्ष सोलुखुुम्बुका २८ वर्षीय छिरिङ ग्याल्जेन शेर्पा र म्यानेजर झापा विर्तामोड–४ का ४८ वर्षीय सुनील खड्का क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।


प्रहरीका अनुसार सुधार केन्द्रमा बस्ने दोलखा वैतेश्वर–६ नाम्दुका ४३ वर्षीय सीताराम घिमिरेको हत्या भएको आशंका गरिएको छ । लागुऔषध सेवनबाट छुटाउन उनलाई परिवारका सदस्यले ३ माघमा पुनस्र्थापना केन्द्रमा भर्ना गरेका थिए । उनको ६ माघमा मृत्यु भएको हो ।

घटनाको अनुसन्धान गरिरहेको महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रमुख डिएसपी गौतम मिश्रले घिमिरेको मृत्यु शंकास्पद देखिएको बताए । उनले भने, ‘घिमिरेको मृत्यु शंकास्पद देखिन्छ । शरीरमा नीलडाम पनि रहेको पाइयो । पोस्टमार्टम रिपोर्ट भने आइसकेको छैन । अनुसन्धानका लागि दुईजना पक्राउ गरेको छौँ । केही दिनमै तथ्यबाहिर आउला ।’

प्रतिक्रिया दिनुहोस्