Logo
Logo

भारतले दियो कोरोना टेष्ट गर्ने ३० हजार थान पिसिआर किट


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ४ जेठ । भारत सरकारले नेपाललाई कोरोना परीक्षणका लागि ३० हजार थान पिसिआर किट उपहारस्वरुप दिएको छ । उक्त स्वास्थ्य समग्री आइतबार नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्थास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरेका छन् ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार भारतले उक्त स्वास्थ्य सामग्री स्वास्थ्य मन्त्रालयलाई उपलब्ध गराएको हो । भारतले यसअघि गत १० वैशाखमा कोरोना भाइरस संक्रमितको उपचारमा प्रयोग हुने २३ टन स्वास्थ्य सामग्री नेपाल सरकारलाई सहयोगस्वरुप उपलब्ध गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्