Logo
Logo

‘लकडाउन’मा दर्पणलाई फुरेको एउटा प्रेमभाव !


एमपी सुब्बा


  • एमपी सुब्बा

काठमाडौं, ५ जेठ ।

शिरमा हात राखी कसम
गला छोएर नी कसम
कसम तिमी मेरो जिन्दगी
कसम तिमी मेरो हर खुशी
तिमी नै हो मुटुको धड्कन  

उल्लेखित हरफहरु कुनै कविता होइन, न मुक्तक नै । यो एउटा प्रेमगीत हो । गीतकार दर्पण राई, जो प्रेमगीत कोर्न माहिर मानिन्छन् । ‘तिम्ले बाटो फेरेउ अरे’ जस्ता चर्चित गीत प्रेम भावनामा कोरेपछि दर्पण चर्चामा आएका हुन् । हो, माथि उल्लेखित गीत उनै दर्पणले कोरेका हुन् ।

गीतकार दर्पण राई

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९)को संक्रमण रोकथाम तथा नियन्त्रण गर्न नेपाल सरकारले देश ‘लकडाउन’ गरेको करिब दुई महिना बित्नै लाग्यो । योबेला घरमै बस्नुपर्दा दिक्क लाग्नु स्वाभाविकै हो । यस्तै, गीतकार तथा मोडलसमेत रहेका दर्पणको मनमा भने प्रेमभाव पलाएको छ । जुन उनले गीतमा उतारेका छन्, ‘शिरमा हात राखी कसम’ । माथि प्रस्तुत हरफहरु त्यही प्रेमात्मक गीतको स्थायी हो ।
‘मैले यो लकडाउनमा एउटा गीत बनाएको छु’ दर्पणले भने, ‘जुन गीतको कम्पोज हुने काम भइरहेको छ ।’ यसअघि आफ्नो गीतमा आफ्नो पहिलो गीत नै गायक राजेशपायल राई र गायिका मेलिना राई गाउन लगाएका थिए । ‘तिम्ले बाटो बाटो फेरेऊ अरे’ र त्यसको सिक्वेलन पनि राजेशपायल र मेलिनाले नै गाएका छन् । तर, यसपटक कसलाई गाउन दिने भन्ने कुरा फिक्स भइनसकेको उनले बताए । संगीतचाहिँ गायकसमेत रहेका विक्रम राईले नै गर्दैछन् । यसअघि ‘तिम्ले बाटो फेरेऊ अरे–२’को संगीत पनि विक्रमले नै गरेका हुन् । जुन गीत दर्शक तथा श्रोताले निकै रुचाएका छन् ।
हुन त दर्पणले ‘तिम्ले बाटो फेरेऊ अरे’पछि पनि थुप्रै प्रेमगीत लेखेका छन् । ती गीत पनि रुचाइएको छ । अहिले आएर पुनः उनले प्रेमगीत लेखेका छन्, त्यो पनि कोरोना महामारीको यो विपतको अवस्थामा । एक किसिमले कोरोना संक्रमणका कारण विश्व नै लकडाउन छ । जसका कारण व्यापार, व्यवसायसँगै मनारोञ्जन क्षेत्र पनि ठप्प छ । यसैबेला दर्पणलाई फुरेको प्रेमभावले दर्शक तथा श्रोताबाट कस्तो प्रेम पाउने हुन्, त्यो सम्भवः लकडाउन अवधिमै थाहा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्