काठमाडौं । गृह मन्त्रालयले दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)को सरुवा गरेको छ । मन्त्रालयले आइतबार काभ्रेपलाञ्चोक र धादिङका प्रमुख जिल्ला अधिकारीलाई सरुवा गरेको हो ।
काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईलाई गृह मन्त्रालयमा सरुवा गर्दै मन्त्रालयका सहसचिव उमेश ढकाललाई काभ्रेपलाञ्चोकको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।
यस्तै, धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेलाई पनि गृह मन्त्रालयमा सरुवा गरेर मन्त्रालयका सहसचिव सुमन घिमिरेलाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।
शुक्रबारदेखि धादिङ र काभ्रपलाञ्चोकमा गएको बाढी–पहिरोमा प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै चर्को आलोचना भएपछि उनीहरुलाई गृह मन्त्रालय फिर्ता बोलाइएको हो ।
धादिङ र काभ्रेपलाञ्चोकमा बाढी–पहिरोमा परी ठूलो धनजनको क्षति हुनका साथै सयौं नागरिकले ज्यान गुमाएका छन् ।